यूएर्इ । यूएर्इको सांगीतिक माहोल दिनदिनाहू बढिरहेका बेला ‘भ्यालेन्टाईन नाईटस २०१६’ आयोजना हुने भएको छ ।
यो साङ्गितिक कार्यक्रमका लागि यूएईका बिभिन्न ब्यबसायी सस्थाले बिशेष चासोका साथ सहयोग गरिरहेको आयोजकले दाबी गरेका छन् । दुबईमा रहेको क्रीयटिभ युथ नेपालले आगामी फेब्रुअरी १२ का दिन कार्यक्रमको तयारी तिब्रपारेसंगै डेढ दर्जन ब्यबसायिक संस्थाले प्रायोजन गरेका छन् ।
अरेन्ज फेयरएण्ड इभेन्ट, नमस्ते ट्राभल, एयरअरबिया एरलाइन्स, एल रोस्ता मनि एक्चेन्ज, अललिया एक्चेन्ज, शिल्बर स्पेन रेस्टुरेन्ट, आलम मिनिमार्ट, जीकेटि, पुरानो नेपालि रेस्टुरेन्ट, नेपालि थकाली रेस्टुरेन्ट, हाइलाइन रेस्टुरेन्ट, सुपरफास रेस्टुरेन्ट, सन्राइज जेनेरल टेडिंग लगाएर ब्याहिक साथले कार्यक्रमको सफलताको लागि प्रयोजन गरेको कार्यक्रमका आयोजक एम डि समिमले बताएका छन ।
नेपालको चर्चित ईभेन्ट कम्पनी गृश्मा ईन्टरटेन्मेन्टको प्रस्तुतिमा हुने कार्यक्रमलाई भब्य मनोरञ्नात्मक बनाउन अहिलेका चर्चित कलाकारहरुलाई क्रीयटिभ युथ नेपालले दुबई उतार्ने भएको हो । कार्यक्रममा चर्चित गायक प्रमोद खरेल, हास्य कालाकार जितु नेपाल, गायिका आस्था बि, संञ्चारकर्मी नरेश भट्टराई, गायिका तथा गितकार संबृद्धी राई र नेपाली सिने जगतकी आहिलेकी चर्चित नायिका प्रियंका कार्कीको बिशेष प्रस्तुती रहने भएको छ ।
छोटो समयमा युएईमा कलाकारितामा परिचित बन्दै गएका संचारकर्मी समेत रहेका क्यारिकेचर कलाकार रमेश क्षितिज तथा डिजे फरेको पनि प्रस्तुती कार्यक्रममा रहने आयोजक मदन अधिकारीले बताएका छन । दुबईको देरामा स्थित पाँचतारे होटल एसियानाको बोराके नाईटस क्लबमा साँझ ४ बजे देखी सुरु हुने कार्यक्रम मनोरन्जनात्मक रहने आयोजकले दाबी गरेको छ ।
प्रेमको महिना भ्यालेन्टाईन र सबै नेपाली नेपाली बिच माया सदभाब साटासाट गर्दै मनोरञ्जन गर्न कार्यक्रमको आयोजना गर्न लागिएको बताउदै आयोजकले युएईको लागि बिशेष कार्यक्रम हुनेमा विश्वास जनाएका छन ।
मायामा बिश्वास गर्नुहुने र माया गर्नु हुने सबैलाई कार्यक्रममा उपस्थित भई यसपालिको भ्यालेन्टाईन क्रीयटिभ युथसँगै मनाएर बिशेष दिन बनाउन आयोजकले सबैमा आग्रह गरेको छ ।















प्रतिक्रिया