उदयपुर १२ माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एंवम पूर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले भारतले आफ्नो निजी स्वार्थका लागि समुदाय विशेषलाई उचालेर नेपालमा वितण्डा मच्चाउन खोजेको आरोप लगाएका छन् ।
पार्टी कार्यकर्ता प्रशिक्षक प्रशिक्षणको शिलसिलामा उदयपुर आईपुगेका नेता पोखरेलले मंगलबार प्रेस चौतारी नेपाल उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भारतका शासक वर्गले निजी स्वार्थका लागि मधेशी जनतालाई प्रयोग गरेको बताए ।
उनले भारतीय शासक वर्गको सुरक्षा र नेपालको प्राकृतिक सम्पदाको साझेदारीको चासोलाई सम्बोधन गराउन निश्चित समुदायलाई ढाल बनाउनु उचित नभएको तर्क गरे । पोखरेलले भारतले नेपाललाई हेर्ने नीति सच्चाउनु पर्नेमा कुरामा जोड दिए ।
लोकतन्त्रमा आफ्ना मागहरु राख्नु जायज भएपनि लोकतन्त्रलाई नै धराप पार्ने गरी जनतालाई दुःख दिने सिमित मधेसबादी नेताहरुले सोच गलत भएको टिप्पणी गरे । पोखरेलले आन्दोलन गरेर संबिधानबाट ठूलो पार्टी बन्ने कसैको चाहना छ भने त्यो कदापि पुरा हुन नसक्ने ठोकुवा गरे । ‘ठूलो पार्टी बन्ने चाहाना संविधानले गर्ने होइन्,’ उनले भने, ‘ठूलो पार्टी बनाउन जनताको विश्वास जितेर जानुपर्छ ।’
उनले मधेशी जनतामा रहेको भ्रमलाई संविधान संशोधनद्वारा तोडिएकोले शब्द खेलाएर प्रहार गर्ने कुरा गलत भएको बताए । नेता पोखरेलले नेपाली कांग्रेसले आफ्नो महाअधिवेशन पछि भद्र सहमतिलाई निरन्तरता दिई संविधान कार्यान्वयनको पक्षमा उभिनेमा एमाले विश्वस्त रहेको बताए ।
वर्तमान सरकारको कार्यशैली प्रशंगमा पोखरेलले प्रधानमन्त्री केपीशर्मा ओलीका मुलुक बनाउने प्रयासलाई जन्मन नदिई भ्रुण हत्याको प्रयास भएको टिप्पणी गरे । ‘सपना नदेख्ने, योजना नबनाउनेले मुलुक बनाउन सक्दैन,’ नेता पोखरेलले भने, ‘धैर्य गर्नुस् ओलीका बोली सबै पुरा हुन्छन् ।’
उनले कानुनको व्यवस्था, आपुर्ति सहजता र बिकास निर्माण नै वर्तमान सरकारको मुख्य एजेण्डा रहेको बताए । मुलुकले संबिधान पाईसकेको अबश्थामा अबको एजेण्डा आर्थिक समुद्धी नै भएको बताउँदै उनले अब नेताका खोक्रा राजनीतिक भाषणभन्दा पनि बिकास निर्माणका कामलाई सञ्चारमाध्यमले प्राथामिकता दिनु पर्ने बताए ।
उनले नेपालका राजनीतिक दलका नेताहरु राजनीतिक क्रान्तिमा मजवुद देखिएपनि राजनीतिक परिवर्तनलाई संस्थागत गर्नेकुरामा परिपक्व नदेखिएको बताए ।












प्रतिक्रिया