
काठमाडौं, ११ माघ । २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपाली फुटबल टिमका खेलाडीलाई नेपाली सेनाले सम्मान गरेको छ ।
वंगलादेशको राजधानी ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय वंगबन्धु गोल्डकप फुटबलको उपाधि हासिल गरी स्वदेश फिर्ता भएका त्रिभुवन आर्मी क्लबसंग आवद्ध खेलाडीहरुलाई सोमबार प्रधान सेनापति राजेन्द्र क्षेत्रीले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच सेनाका तर्फबाट सम्मान गर्नु भएको हो ।

खेलाडीहरुले खेलमार्फत नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा उच्च राख्न पु¥याएको योगदानको कदर गर्दै प्रधान सेनापति क्षेत्रीले नेपाली सेनाका अमल्दार नवयुग श्रेष्ठ र त्रिभुवन आर्मी क्लवसंग आवद्ध विकेश कुथुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गर्नु भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
यस किसिमको सम्मान कार्यक्रमले खेलाडीहरुलाई आगामी दिनहरुमा उत्कृष्ट खेल प्रदर्शन गरी राष्ट्रिय झण्डा र राष्ट्रिय सम्मानलाई उचाईमा पुर्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा नयां आयाम थप गरी देशका कर्मठ युवा खेलाडीहरुको मनोवल अभिबृद्धि गर्ने सेनाको विश्वास छ ।















प्रतिक्रिया