२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाको बैठक: कुनै हालतमा आन्दोलन फिर्ता नलिने, थप कार्यक्रम घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-press-2

– विमल योगी
काठमाडौं, ११ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

सोमबार तमलोपा कार्यालय विजुलीबजार बसेको मोर्चाको बैठकले जारी आन्दोलनलाई यथावत राख्दै थप कार्यक्रम घोषणा गरेको हो ।

बैठकपछि मोर्चाले विज्ञप्ति जारी गरी सरकार गैरजिम्मेवार ढंगबाट मधेसमा नरसंहार गरिरहेको आरोप लगाएको छ । उसले मोरङको रंगेली घटनाको न्यायिक छानविनको माग गरेको छ ।

शनिबार राति भएको संविधान संशोधनले मधेसका सबै मागलाई सम्बोधन नगरेको भन्दै मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।

विज्ञप्तिमा भनिएको छ- ‘जर्बजस्ती संविधान लादिएकै शैलीमा एकतर्फी रुपमा संविधानमा गरिएको संशोधनले हाम्रा मुद्दाहरुको सम्बोधन नगरेको हुँदा मान्य हुन सक्दैन । हाम्रा मुद्दाहरुको राजनितीक सम्बोधन नभएसम्म संघर्ष हाम्रो बाध्यता भएको हुनाले यी सबै मुद्दाहरुको एकमुष्ट सम्बोधन नहुन्जेल आन्दोलन यथावत जारी रहने स्पष्ट गर्दछौ ।’

यसैगरी आन्दोलनमा हातेमालो गर्न सबै शक्तिलाई आव्हान गरेको छ । ‘ नेपालको संविधान २०७२ प्रति विमति राख्दै मधेशी, थारु, आदिवासी–जनजाती, दलित, मुस्लिम, पिछडावर्गको माँग सम्बोधनका लागी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अगाडि सारेको ११ सूत्रिय माँगको समर्थनमा आन्दोलनरत सबै पक्षलाई एकबद्ध भई साझा आन्दोलन गर्न सम्बन्धित सबैलाई आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

मोर्चाका आन्दोलनका नयाँ कार्यक्रम यसप्रकार छन्ः
क) २०७२ माघ १३ गते बुधवारः शहीदको सम्मानमा सदरमुकामहरुमा सार्वजनिक स्थलमा मोमवत्ती प्रज्ज्वलन ।
ख) २०७२ माघ १६ गते शनिवारः जनतालाई आन्दोलन र विकसित परिस्थितिवारे जानकारी गराउन क्षेत्रीय स्तरका सभाहरु गर्ने ।
ग) २०७२ माघ १८ गते सोमवारः सदरमुकाममा राजनीतिककर्मी, बुद्धिजीवी, कर्मचारी, पेशागतकर्मी, मजदुर, व्यापारी लगायत समाजका सबै वर्ग सम्मलित अन्तरक्रिया कार्यक्रम आयोजित गरी आन्दोलन र विकसित परिस्थिति वारे जानकारी दिने ।

हेर्नुस् विज्ञप्तिः

Morcha-pressMorcha-press-3