
काठमाडौं, ११ माघ । अमेरिकामा भूकम्प गएको २४ घण्टा नबित्दै सोमबार स्पेनमा पनि शक्तिशाली भूकम्प गएको छ ।
स्पेनको मालागाबाट १६२ किलोमिटर दक्षिण–पूर्वमा पर्ने मेलिलियालाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।
भूकम्पबाट त्यहाँ केही घरहरु चर्किएका छन् भने के कति घाइते वा हताहत भए भन्ने विवरण भने आइसकेको छैन ।
यसअघि आइतबार अपराह्न ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन् ।













प्रतिक्रिया