
काठमाडौं, ११ माघ । संसदबाट संविधान संशोधन भएपछि आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनलाई कडा बनाउने चेतावनी दिएको मधेसी मोर्चाको बैठक आज बस्ने तयारी भएको छ ।
मधेसी मोर्चाको बैठकमा जारी आन्दोलन र भावी रणनीतिका विषयमा छलफल हुने बुझिएको छ । सद्भावना पार्टीका महासचिव मनीष सुमनले आज मधेसी मोर्चाको बैठक बस्ने तयारी भएको बताउनुभयो ।
मोर्चाको बैठकले संविधान संशोधनका विषयमा आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्ने जनाइएको छ । बैठकले आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गर्नेछ ।
मधेसी मोर्चाका शीष नेतामध्ये तमलोपाका अध्यक्ष महन्त ठाकुर उपचारका क्रमममा नयाँदिल्लीमा छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव राजधानीमा छन् । उनी आज मोरङको रङ्गेली जाने कार्यक्रम छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव विराटनगरमा छन् ।












प्रतिक्रिया