२३ कार्तिक २०८३, सोमबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनमा छलफल केन्द्रित हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-1काठमाडौं, ११ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र १३औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टी मुख्यालय सानेपामा बस्ने कार्यसमिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा गम्भीर रुपमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार १३औँ महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।

‘१३औँ महाधिवेशन नजिकिएको छ । तयारीहरुका विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, केन्द्रीय सदस्य गिरीले भन्नुभयो, ‘बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा पनि छलफल पनि हुन सक्छ ।’

कांग्रेसको गाउँ र नगर महाविधेशन माघ १५ र १६ गते हुँदैछ । केन्द्रीय महाधिवेशन भने फागुन २० देखि २३ गतेसम्म हुँदैछ ।