२३ कार्तिक २०८३, सोमबार

अमेरिकामा भारी हिमपात (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjay thapa

– विजय थापा
वाशिंगटन डिसी, १० माघ । अमेरिकाको पूर्वीय समुद्री तटमा हुने राज्यहरुमा आएको भीषण हिमपात आँधीको कारण जीवन पूर्ण अस्तव्यस्त भएको छ ।

पूर्व भविष्यबाणी अनुसार इस्ट कोस्ट ब्लिजर्ड २०१६ नामाकरण गरिएको उक्त हिम आंधीबेरीले तहसनहस बनाई दिएको छ ।

हिमपात आँधीको प्रभाव जर्जिया देखि म्यासाचुसेट्ससम्म परेको छ भने जसको कारण ६ करोड मानिस तिब्र हिमपातको शिकार भएका छन् । शनिबार राति ११ बजे सम्म वाशिंगटन डिसी क्षेत्रमा २२. २ इन्च, बाल्टीमोर क्षेत्रमा २९.२ इन्च, फिलाडेल्फियामा १७.७ इन्च तथा न्युयोर्क शहरमा २७.७ इन्च हिमपात नापिएको छ ।

वाशिंगटन डिसी महानगर क्षेत्रमा शुक्रबार अपरान्हबाट सुरु भएको थियो । यसैगरि शनिबार राति ११ बजे सम्मको जानकारी अनुसार करिब १० हजार हवाई जहाज शुक्रबारदेखि आइतबारसम्म रद्ध भएका छन् । अमेरिका कै अति व्यस्त अन्तर्राष्ट्रिय हवाई अड्डा वाशिंगटन डलस, फिलाडेल्फिया तथा वाशिंगटन रेगन तथा बाल्टिमोरले हवाई आवत जावत रोकेको छ । यसैगरि न्युयोर्कका गभर्नरले न्युयोर्क शहर तथा आईल्याण्डमा यात्रा नगर्नु भनि जानकारी गराएका छन् ।

narayan ghalan

बिशाल हिमपातको कारण सम्पूर्ण सार्बजनिक सवारी साधन पूर्ण स्थगित गरिएको छ । विशाल हिमपातको कारण मुख्य राजमार्गमा हजारौ यातायातका साधन तथा मानिस अलपत्र परेका छन् । हिमपातको कारण टेनेसी, केन्टकी, म्यारिल्याण्ड, नर्थ क्यारोलाईना तथा भर्जिनियामा दुर्घटनाको कारण अहिलेसम्म मर्नेको संख्या १८ पुगी सकेको छ ।

यसै गरि २ लाख ५० हजार उपभोक्ताको घरमा बिद्युत बन्द भएको छ । हिमपातको साथै न्युजर्सीको नदीमा आएको बरफको बाढीको कारण सडक अबरुद्ध भएको छ । अहिलेसम्म हिउ सबै भन्दा ज्यादा वेस्ट भर्जिनियाको ग्लेनगारी नजिक ४० इन्च हिउ थुप्रिएको भेटिएको छ भने वेस्ट भर्जिनियाको क्षेत्रमा ३० इन्च भन्दा ज्यादा बिबरण प्राप्त भएको छ ।

यसैगरि न्युयोर्कको जनएफकेनेडी विमानस्थलमा आइतबार बिहानसम्म ३०.५ इन्च जम्मा भएको समाचार छ ।

babita pradhan car dadi dhungana kaml bhusal kashi map_specnewsdct-06_ltst_4namus_enus_650x366 map_specnewsdct-34_ltst_4namus_enus_650x366 narayan thapa ranju sharma