२३ कार्तिक २०८३, सोमबार

बाबुरामको नयाँ शक्तिमा चर्चित उद्योगपति विनोद चौधरी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Binodकाठमाडौं, १० माघ । आज घोषणा भएको पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको राष्ट्रिय परिषद सभामा नेपालका प्रतिष्ठित उद्योगपति तथा अर्बपति विनोद चौधरी देखिएका छन् ।

तर, ३५ सदस्यीय परिषदमा चौधरीको नाम भने छैन् । चौधरीलाई घोषणासभामा सहभागी भएको देखेपछि सञ्चारकर्मीदेखि लिएर बुद्धजिवीहरु पनि अचम्ममा परेका थिए । उनीहरुको मनमा बाबुरामको नयाँ शक्तिमा विनोद चौधरी पनि ? भन्ने प्रश्न उठिसकेको थियो ।

तर, कार्यक्रममा सहभागी चौधरीले नयाँ शक्तिका लागि बधाई तथा शुभकामना दिँदै आफू नयाँ शक्तिमा प्रवेश नगरेको स्पष्ट पारे । एमालेका सभासद्समेत रहेका चौधरी बाबुरामलाई शुभकामना दिन मात्रै त्यहाँ पुगेको कुरा त्यसपछि प्रष्ट भयो ।

चौधरीले बाबुरामको नयाँ शक्तिलाई आफ्नो पूर्ण साथ र सहयोग रहने स्पष्ट पारे । उनले भने– आर्थिक विकासका लागि गरिने जुनसुकै कदममा मेरो साथ रहन्छ । अहिलेको अवस्थामा आर्थिक समृद्धि र विकासलाई मूल एजेन्डा बनाएर राजनीतिक अभियान थाल्नु सकारात्मक कदम हो ।’

उनले नयाँ शक्ति अभियान निजी क्षेत्रका लागि खुसीको विषय भएको बताउँदै पूर्ण सफलताको कामना गरे ।