१ कार्तिक २०८३, शनिबार

गायक विजय लामाको सातौं एल्बम ‘मेरो गीत’ बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay2

काठमाडौं । गायक विजय लामाको सातौं एल्बम ‘मेरो गीत’ बुधवार राजधानीमा एक कार्यक्रम माझ सार्वजनिक भयो ।

निरन्तर पप गायनमा सक्रिय रहेका लामाले धेरै चर्चित गीतहरु गाएका छन् । प्रमुख अतिथि अभिनेत्री करिश्मा मानन्धर र गैर आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामाले ‘मेरो गीत’ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि मानन्धर र सोनाम लामाले विजयलाई सफलताको शुभकामना दिएका थिए । ककटेल पार्टीसहित आयोजना गरिएको उक्त कार्यक्रममा संगीत, चलचित्र एवं अभिनयका क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा मेरो गीतभित्र रहेको ‘रिन काटी रुमाल…’, ‘रोशी खोला पारी…’, ‘नेपाली हुँ म…’ गीतको म्यूजिक भिडियो पनि सार्वजतिक गरिएको थियो । यी तीन गीतसहित ‘मुटुभरि माया छ…’, ‘कति राम्रो गाउँघर…’, ‘जुनेली रातमा…’, ‘आजको ल्होसार मेलामा…’, ‘मै पनि आए विदेशमा…’, ‘मैच्याङ त कति राम्री…’, ‘आज माया यहाँ…’, ‘ए कान्छी…’, ‘भोली फर्की आउँछु आउँदिन’ जस्ता गीतहरु समावेश छन् ।

गीतहरु मिन सागर लामा, विश्व दोङ, बबीराज घतानी, शेर्पिनी कान्छी, सुसन लामा, लोटे प्रदीप राई, दिपेश किशोर भट्टराई, निमा रुम्बा, सुदेश न्यौपाने एवं विजय आफैंले लेखेका छन् । उक्त गीतहरुमा विक्रम जी लामा, विश्व दोङ, बबीराज घतानी, सुसन लामा, सुनिल सिंह, दिपेश किशोर भट्टराई, निमा रुम्बा, विक्रम थापा एवं विजय आफैंले संगीत दिएका छन् । ‘मेरो गीत’ एसियन म्युजिकले बजार प्रबद्र्धन गरेका छन् ।