२३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली गोठालो होईन, मुखमा जे आयो त्यहि बोलिहाल्नेः रिमाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-Rimal

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री गोठालो नभएको भन्दै प्रधानमन्त्रीका देश बनाउने सपनालाई हावादारी ढंगबाट टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

नेपाल ट्रेकिङ –ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (युनिट्राभ)को दोस्रो प्रतिनिधि परिषद उद्घाटन गर्दै सल्लाहकार रिमालले आफ्नो योजनाअनुरुप नै प्रधानमन्त्रीले देशको समृद्धिको सपना बाँडेको बताएका छन् । उनले भने– प्रधानमन्त्री गोठालो होईन, मुखमा जे आयो त्यहि बोलिहाल्ने । सबै कुरा योजना अनुरुप बोल्नुभएको छ ।’

उर्जामा आत्मनिर्भर गराएर सरकारले सत्ता छाड्छ
प्रमुख राजनीतिक सल्लाहकार रिमालले यो सरकार जनतालाई राम्रो सपना बाँडेर जनताका समस्या समाधान गर्ने बाटोमा रहेको भन्दै त्यसमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । उनले भने– ‘समस्याको चाङमा घोडा चढेर आएको यो सरकार र एकदिन यस्तो दिन आउँछ, यो सरकार सत्ताबाट बाहिर निस्कँदा देशलाई उर्जामा आत्मनिर्भर गराएरै छाड्छांैं ।’

घामबाट बिजुली निकाल्ने भनेको एमालेको चुनावचिन्ह सूर्यबाट बिजुली निकाल्ने होईन
सरकारले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भन्दा त्यसलाई अनावश्यक टिप्पणी नगर्न आग्रह गर्दै रिमालले भने ‘घामबाट बिजुली निकाल्ने भनेको एमालेको चुनावचिन्ह सूर्यबाट बिजुली निकाल्ने भनेको होईन । बजारमा यस्ता भ्रम पार्ने काम कोही बसैबाट नहोस् भन्ने हाम्रो चाहना छ ।’ सरकारका योजनाबारे केहि विषय उल्ल्ेख गर्दै रिमालले जलबिद्युत्, हावा, घाम र फोहर सबै क्षेत्रबाट उर्जा उत्पादन गराई लोडसेडिङलाई न्यूनभन्दा न्यून मात्रामा झार्ने सरकारको योजना रहेको बताए । ‘सरकारले हावादारी गफ गरेको होईन योजना बनाएरै यी कुरा बोलेका हुन्’ उनले भने– ‘हामी वर्षामा ८० प्रतिशत लोडसेडिङ हटाउने र हिउँदमा न्यूनमात्रामा लोडसेडिङ गराईने योजनामा छौं ।’

चीनसँग पनि भूपरिवेष्ठित मुलुकले पाउने पारवहन अधिकार लिने
भूपरिवेष्ठित मुलुकले समुद्र सतहसम्म जान पाउने पारबहन अधिकार छिमेकी मुलुकबाट लिने चरणमा नेपालले चीनसँग पनि पारबहन अधिकार लिएरै छाड्ने बताए । रिमालले भने– ‘भूपरिवेष्ठित मुलुक नेपालले समुदको अधिकारलाई कसैले रोक्न नसक्ने भन्दै छिमेकी देश भारतबाट जस्तै चीनका माध्यमबाट पनि समुद्र सतहसम्मको अधिकार लिईछाड्नेछौं ।’

कांग्रेस र मधेसी मोर्चाले संबिधान विधेयक संशोधनमा सहयोग नगरे देशलाई बन्धक बनाउने काम हुने

संबिधान विधेयक संशोधनबारे बोल्दै सल्लाहकार रिमालले आज साँझसम्ममा काँग्रेस र मधेसी मोर्चाले संबिधान विद्येयक संशोधन गर्न नदिए उनीहरु देशलाई बन्धक बनाउने, देशलाई अप्ठेरो पर्नेमा मात्र लागेको बुझिने बताए । उनले भने– ‘उहाँहरुको सुझावअनुसार नै संबिधान विद्येयक संशोधनको तयारी भईरहेको छ । यदि उहाँहरु संबिधान विद्येयक संशोधन गर्न तयार हुनुहुन्न भने देशलाइ अप्ठेरो पार्न उहाँहरु सक्रिय हुनुहुन्छ भन्ने बुझ्नुपर्नेछ ।’