१ कार्तिक २०८३, शनिबार

फेशनका लागि क्याटवक सिक्दै नायिकाहरु (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Catwalk-Heroine (4)

काठमाडौं । कायरा बुटिकले प्रत्येक वर्ष झैं यो वर्ष पनि ‘कायरा रन वे फेशन शो’को आयोजना गर्ने भएको छ ।

बुटिकले आगामी माघ २३ गते राजधानीको सिटी सेन्टरमा चौथो संस्करणको फेशन शो गर्न लागेको हो । शोको इभेन्ट व्यवस्थापन बेटर ग्यालेक्सीले गर्नेछ ।

शोमा नेपालका चर्चित १० नायिका, १० मोडल तथा बालबालिकाहरुले र्याम्प शो गर्नेछन् ।

बुटिककी प्रमुख रोजिना श्रेष्ठका अनुसार शोमा रिमा विश्वकर्मा, निता ढुंगाना, वेनिशा हमाल, वर्षा राउत, वर्षा शिवाकोटी, सम्पदा बानिया, अशिष्मा नकर्मी, स्वस्तिमा खड्का र छुल्ठिम गुरुङलगायतले र्‍याम्प नाप्नेछन् ।

‘चौथो संस्करणमा आईपुग्दा हामीले तीनवटा संस्करण नेपालमा र एउटा संस्करण हङकङमा सफलताका साथ सम्पन्न गरिसकेका छौं,’ श्रेष्ठले भनिन्,‘आगामी वर्ष चाहिँ लण्डनमा शो गर्ने योजनामा छौं ।’

शोका कोरियोग्राफर तथा बेटर ग्यालेक्सीका प्रमुख धिरज तण्डुकारको कोरियोग्राफीमा नायिका, मोडल तथा बालबालिका र्‍याम्पमा देखिनेछन् ।

धिरजका अनुसार मोडलहरु साडी, लेहेंगा र डिजाइनिङ सिक्वेन्समा र्‍याम्पमा उत्रने छन् भने नायिका तथा बालबालिकाहरु मिक्सम्याक्स सिक्वेन्समा देखिनेछन् ।

कार्यक्रममा मन्त्र व्याण्डको लाइभ प्रस्तुति रहनेछ भने गायकद्वय युवराज चौलागाई र बादल प्रसाईले गीतमार्फत र कमेडियन महादेव त्रिपाठीको हाँस्य प्रस्तुति हुनेछ । गायन र कमेडीबाहेक नृत्यांगना रश्मी तामाङले पनि कुशल नृत्य प्रस्तुत गर्नेछिन् ।

Catwalk-Heroine (1) Catwalk-Heroine (2) Catwalk-Heroine (3)