१ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई हराउने राजन केसी कता हराए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajan-kc-prachanda– हरि गजुरेल/ दैनिक नेपाल

प्रचण्डलाई झण्डै दोव्बर मतअन्तरले हराएका सभासद् केसीलाई आफूले प्राप्त गरेको मतको संख्या अझै कम लाग्छ रे ! सुनाए ‘अलिकति गाईले, अलिकति दाइले मत काट्यो त्यही कारण सोचेभन्दा ३६ सय मत कम आयो । कुन गाउँको कुन घर कता फर्किएको छ, कति छोराछोरी छन् त्यो समेत मलाई राम्ररी थाहा छ ।’ 

काठमाडौँ क्षेत्र नम्बर १० लाई ‘लाल किल्ला’ भन्ने गरिन्थ्यो, त्यो तोडियो । तर प्रश्न भुँइमा खस्न नपाउँदै असहमति पोख्दै भने ‘कम्युनिष्ट र काँग्रेस किल्ला भन्ने हुँदैन, त्यसैले त भनिएको नि ‘मौसम र जनादेश सधैं एकै स्थानमा रहदैन ।’

तीनै ‘शक्तिका केन्द्र’ मानिएका माओवादी अध्यक्ष प्रचण्डलाई हराएको व्यक्ति हुन राजन केसी अहिले ‘गुमनाम’ झै छन । तर उनी आफू भने गुमनाम भएको मान्दैनन् । भन्छन ‘आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा सक्रिय छु । न त गुमनाम छु, न त ओझेलमै ।