
काठमाडौं । कुनै किशोर अवस्थाको मनोभाव, जुन पहिलो नजरले श्रृजिएको एकतर्फी प्रेमलाई दशकपछि दर्शक, स्रोता माझ सुनाउँदै ‘२०६० साल’ बोलको गीत ल्याएका छन गायक राजीन रुचालले ।
जसमा शव्द र संगीत पनी गायक रुचालकै रहेको छ । ‘२०६० साल’ बोलको उक्त गीत र गीतको म्युजिक भिडियाले दर्शक स्रोताहरुको राम्रो प्रतिक्रिया पाएको राजीन बताउँछन ।
शशान कँडेलले निर्देशन गरेको म्युजिक भिडियोमा आर्जेश रेग्मी, करुणा श्रेष्ठ, सुरज श्रेष्ठ, दिल्जङ गुरुङ लगायतको अभिनय रहेको छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन । एल्बमलाई एसियन म्युजिकले बजारमा ल्याएको हो ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया