काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले सबै जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । माघ १५ गते हुने गाउँ र नगर तथा त्यसपछि हुने क्षेत्र एवम् जिल्ला अधिवेशनका लागि कांग्रेसले केन्द्रबाट निर्वाचन अधिकृत खटाएको हो ।
कांग्रेसले आज (शनिबार) विज्ञप्ति जारी गरेर ७५ जिल्लामा निर्वाचन अधिकृत खटाएको जनाएको छ ।
निर्वाचन अधिकृतहरुले तोकिएको जिल्लामा पुगेर गाउँदेखि जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएर रिपोर्ट केन्द्रमा बुझाउनु पर्नेछ ।
कांग्रेसको १३औँ महाधिवेशन फागुनको २० देखि २३ सम्म काठमाडौंमा हुँदैछ ।















प्रतिक्रिया