२३ कार्तिक २०८३, सोमबार

कांग्रेसलाई मनाउन सुरुमा कार्यदल, त्यसपछि शीर्ष बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatarकाठमाडौं, ९ माघ । संविधान संशोधनमा आलटाल गर्दै आएको नेपाली कांग्रेसलाई फकाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने शीर्ष बैठकमा संविधान संशोधनमा देखिएको कांग्रेस, एमाले र एमाओवादीबीचको विवादका विषयमा छलफल हुनेछ । बैठक प्रधानमन्त्री केपी ओलीले बोलाउनुभएको हो ।

शीर्ष बैठक बस्नुअघि कार्यदलस्तरमा संविधान संशोधनको प्रस्तावको भाषा मिलाउने प्रयास गरिनेछ । भाषा मिलाएको प्रस्तावलाई कार्यदलले शीर्ष बैठकमा पेश गरेपछि सहमतिको प्रयास खोजिने एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

कांग्रेसले आफ्नै सरकारको पालामा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा पनि आफैले फेरि पूरक प्रस्ताव दर्ता गराएको छ ।

मधेसी मोर्चालाई मनाउनेभन्दै कांग्रेसले दर्ता गराएको पूरक प्रस्तावमा एमाले र एमाओवादीले सहमति जनाएका छैनन् ।

कांग्रेसले निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोललाई बेवास्ता गरेर पूरक प्रस्ताव ल्याएपछि एमाले र एमाओवादीले विरोध गरेका हुन् ।

मधेसी मोर्चाले अहिलेको संशोधनले आफ्ना माग पूरा हुन नसक्नेभन्दै सदन बहिष्कार गर्दै आएको छ ।