काठमाडौं, ९ माघ । संविधान संशोधनको पहिलो विधेयक पारित गर्न संसदको बैठक अपरान्ह ३ बजे बस्दैछ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रि सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधानको संशोधन विधेयकलाई पारित गर्न पेश गर्ने बुझिएको छ ।
संविधान संशोधनका लागि कांग्रेसको सरकारका पालामा दर्ता गरिएको संशोधन प्रस्तावलाई प्रधानमन्त्री केपी आलीको सरकारले अगाडि बढाएको हो ।
जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र बनाउने तथा राज्यका हरेक अंगमा समावेशी प्रतिनिधित्वको विषयलाई संशोधनमा राखिएको छ ।
तर कांग्रेसले आफ्नै सरकारका पालामा दर्ता गराएको यो संशोधनमा पनि पूरक संशोधन दर्ता गराएको छ । पूरक संशोधनमा कांग्रेसले जनसंख्याका आधारमा मात्रै निर्वाचन क्षेत्र बनाउन माग गरेको छ ।
कांग्रेसले आफ्नै संशोधनमा फेरि पूरक संशोधन लगेर विधेयक फेल गराउन लागेको आरोप एमालेले लगाएको छ ।
प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीबीच माघ ५ गते भएको पूर्व सहमतिअनुसार आजको संसद बैठकबाट संविधान संशोधनको विधेयकलाई पारित गर्नुपर्ने हुन्छ ।












प्रतिक्रिया