
काठमाडौँ, ८ माघ । नेपाल आयल निगमको थानकोटस्थित डिपो भरिँदा पनि निगमले जनतालाई पेट्रोलियम पदार्थको व्यवस्था गर्न नसकेको खुलासाा भएको छ ।
शुक्रबार साँझ अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र आपूर्ति मन्त्री गणेशमान पुनसहितको टोलीले शुक्रबार थानकोटस्थित डिपोमा आकस्मिक निरिक्षण गर्दा निगमको बदमासी भेटिएको हो । निरीक्षणका क्रममा थानकोट डिपोमा रहेका डिजेल, पेट्रोल र मट्टितेल राख्ने ट्याङ्करहरू भरिएको अबस्थामा भेटिएको छ। इन्धन राख्ने ठाउँ समेत नहुँदा भरिएका तेलका ट्याङ्करहरू केहीदिनदेखि अलपत्र अवस्थामा भेटिएका थिए । तेल पर्याप्त हुँदाहुँदै पनि पम्पहरुमा नबाँडिनुका कारण बारे मन्त्रीहरुले डिपो प्रमुखसँग जानकारी लिएका थिए ।
निरीक्षण भ्रमणमा सहभागी एक मन्त्रीका अनुसार, थानकोट डिपोमा रहेको पेट्रोलको १ नम्बर र २ नम्बर ट्यांकीको क्षमता १५ लाख २० हजार लिटर रहेकोमा दुबै भरिएका छन्। डिजेलका ट्यांकी नम्बर १ र २ को क्षमता ६३ लाख लिटर छ, दुबै ट्यांक भरिएका छन्। यसैगरी, मट्टितेलका १, २ र ३ नम्बर ट्यांकीको क्षमता ७० लाख ६० हजार छ । ती पनि सबै भरिएको अबस्थामा भेटिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तीन जना मन्त्रीसहितको टोली थानकोट डिपोमा पुगेको थियो । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले आगामी साताभित्र पेट्रोलियम पदार्थको अभाव हट्ने बताएका छन् ।












प्रतिक्रिया