३० आश्विन २०८३, शुक्रबार

उपाधि जित्ने खेलाडीलाई एन्फाले ५-५ लाख दिने, राखेपले २-२ लाख दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Football-1

काठमाडौं, ८ माघ । बहराइनलाई ३-० गोलले पराजित गर्दै बंगलादेशमा जारी बंगबन्धु गोल्डकल्पको उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरस्कार दिने घोषणा गरेको छ ।

२३ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान तथा प्रोत्साहन दिन एन्फाले खेलाडी प्रशिक्षक लगायत टिमका सबै सदस्यलाई जनही पाँच-पाँच लाख रुपैयाँ दिने घोषणा गरेको एन्फाका कार्यबहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।

यसैगरी राष्ट्रिय खेलकुद परिषदले उपाधि जित्ने खेलाडीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिइने जनाएको छ । परिषदका सदस्यसचिव केशवराज विष्टले प्रशिक्षक र खेलाडीले दुई लाख तथा सहायक प्रशिक्षकलाई एक लाख रुपैयाँ पुरस्कार दिइने बताए ।