२३ कार्तिक २०८३, सोमबार

चिकित्सा आयोग गठन, शिक्षामन्त्री अध्यक्ष रहने, भगवान कोइराला उपाध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhagawan-1काठमाडौं, ८ माघ । सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोग गठन गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको आयोगको कार्यकारी उपाध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन नगरेको भन्दै पुनः आमरण अनसन सुरु गर्ने घोषणा गरेपछि आयोग गठन गरिएको हो ।

स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव अथवा सहसचिव आयोगको पदेन सदस्य रहने छन् । आयोगको सदस्यमा नेपाल मेडिकल काउन्सीलका अध्यक्ष र नेपाल नर्सिङ काउन्सीलका अध्यक्षलाई पनि  राखिएको छ ।

यसैगरी अन्य सदस्यहरुमा प्राध्यापक डा. सिर्जना श्रेष्ठ, प्राध्यापक डा. अर्जुन कार्की, डा. जगदीशप्रसाद अग्रवाल, डा. श्रीकृष्ण गिरी र डा. सुरेश कडरीया छन् ।