२३ कार्तिक २०८३, सोमबार

बहराइनविरुद्ध तीन गोल गर्दै नेपालले जित्यो बङ्गबन्धु गोल्डकपको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal

काठमाडौँ, ८ माघ । बहराइनविरुद्ध तीन गोल गर्दै नेपालले बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार अपराह्न बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा भएको फाइनल खेलमा बहराइनका विरुद्ध ३–० गोलको जित हात पार्दै उपाधि जितेको हो ।

खेल सुरुवातदेखि निकै आक्रामक शैलीमा उत्रिएको नेपालले चौथो मिनेटमा नै पहिलो गोल ग¥यो । नेपालका स्ट्राइकर विमल घर्तीमगरले विराज मर्हजनको क्रसमा अन्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरे ।

यसैगरी खेलको ८७औं मिनेटमा विशाल राई र अतिरिक्त समयमा नवयुग श्रेष्ठले एक/एक गोल गरे । यो उपाधिसँगै नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको हो ।

यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौ दक्षिण एसियाली खेलकुद (साग)मा सोही मैदानमा जितेको उपाधिबाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको थिएन् ।

उपाधिसँगै नेपालले ५० हजार डलर पुरस्कार पनि पाएको छ ।

nepal-1 nepal-2 nepal-3 nepal-4