२३ कार्तिक २०८३, सोमबार

संशोधनमै कांग्रेस र एमाले अल्मलिए, सहमतिका लागि प्रयास गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12575712_10153873853942329_1556723871_nकाठमाडौं, ८ माघ । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच संविधान संशोधनको प्रस्ताव र मधेसी मोर्चाका मागका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मधेसी मोर्चाले राखेकै मागका विषयमा बैठक केन्द्रित रहेको स्रोतले जनाएको छ । ‘मधेसी मोर्चा वार्ता र सम्वादबाट भन्दा पनि सरकारलाई दवाव दिएर जान चाहन्छ’, बैठक उदृत गर्दै एक नेताले भने, ‘मधेसी मोर्चाले भने जस्तै गरेर माग पूरा गर्न सकिँदैन ।’

सहमति र सहकार्यको मार्गबाट मधेसी मोर्चाको माग पूरा गर्नुपर्ने जनाएका कांग्रेस र एमालेले फेरि पनि वार्तालाई निरन्तरता दिने जनाएका छन् । उनीहरुले भोलि शनिबार संविधान संशोधन प्रस्ताव पारित गर्नुअघि सक्दो सहमति प्रयास गर्ने निर्णय पनि गरेका छन् ।

बैठकपछि पत्रकारसँग कुरागर्दै कांग्रेस नेता महेश आचार्यले संसदमा छलफल भइरहेको संविधान संशोधनसम्बन्धी विधेयकलाई कसरी पारित गर्ने विषयमा परामर्श भएको बताउनुभयो । ‘संसदमा संविधान संशोधनसम्बन्धी विधेयमाथि छलफल चलिरहेको छ । त्यसमा विभिन्न पूरक संशोधन पनि छन् । त्यसलाई कसरी पारित गर्ने भन्ने विषयमा छलफल भएको हो’, उनले भने ।

मधेसी मोर्चासँग बिहीबार भएको वार्ता ठोस सहमतिमा नपुगेपछि नेताहरुले चर्का अभिव्यक्ति दिँदै बालुवाटारबाट बाहिरिएका थिए ।

मधेसी मोर्चाले सहमति नजनाए कसरी अगाडि बढ्ने भन्ने विषयमा भने यी दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले कुनै ठोस सहमति गरेका छैनन् ।