३० आश्विन २०८३, शुक्रबार

नेपालले जित्यो बङ्गबन्धु गोल्डकपको उपाधि (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Footballकाठमाडौं, ८ माघ ।

काठमाडौँ, ८ माघ । बहराइनविरुद्ध तीन गोल गर्दै नेपालले बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार अपराह्न बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा भएको फाइनल खेलमा बहराइनका विरुद्ध ३–० गोलको जित हात पार्दै उपाधि जितेको हो ।

खेल सुरुवातदेखि निकै आक्रामक शैलीमा उत्रिएको नेपालले चौथो मिनेटमा नै पहिलो गोल ग¥यो । नेपालका स्ट्राइकर विमल घर्तीमगरले विराज मर्हजनको क्रसमा अन्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरे ।

यसैगरी खेलको ८७औं मिनेटमा विशाल राई र अतिरिक्त समयमा नवयुग श्रेष्ठले एक/एक गोल गरे । यो उपाधिसँगै नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रि फुटबलको उपाधि जितेको हो ।
यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौ दक्षिण एसियाली खेलकुद (साग)मा सोही मैदानमा जितेको उपाधिबाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको थिएन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=8cqmGPiAWXQ