
काठमाडौं, ८ माघ । विहीबार मोरङको रंगेलीमा भएको हिंसात्मक घटनाप्रति भारतले चासो र चिन्ता व्यक्त गरेको छ ।
विहीबार अपराह्न मोरङको रंगेलीमा भएको झडपमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको थियो । उक्त घटनापछि भारतले चिन्ता र चाँसो व्यक्त गर्दै दबाबमुलक सन्देश दिएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै प्रहरी फायरिङमा तीन जनाको मृत्यु भएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
साथै उनले तराई मधेसको समस्या राजनीतिक भएको भन्दै राजनीति समाधान आवश्यक रहेको बताएका छन् ।
Deeply concerned at loss of 3 lives in police firing in Morang distt in Nepalese Terai today. Political problems require political solution
— Randhir Jaiswal (@MEAIndia) January 21, 2016












प्रतिक्रिया