
– सुदिप निउरे
क्वालालम्पुर । मलेसियाले गैर नागरिकहरुको उपचार शुल्क बढाएको छ । यसको असर नेपाली कामदारमा पनि परेको छ ।
यहि जनवरी १ गते देखि लागु हुने गरि उपचार शुल्क बृद्धि भएको हो । उपचार शुल्क ७० प्रतिशतले बृद्धि गर्ने स्वास्थ्यमन्त्री डाक्टर एस सुब्रमन्युमले यस अघिनै घोषणा गरेका थिए । निजि तथा सरकारी क्लिनिक् होस् वा अस्पताल अब बिदेशी नागरिकले सामान्य रोगको उपचारको लागी पनि महंगो शुल्क तिर्नुपर्ने छ ।
बिगत छ महिनाको अन्तरालमा उपचार शुल्क दुई पटक बृद्धि भैसकेको छ । गत जुलाइ महिनादेखि यहाको सरकारले जिएसटि (GST) लागु गरे सगै उपचार शुल्क पनि बढेको थियो । नयाँ स्वास्थ्य नितीले मुख्यगरि न्युन ज्याला भएका कामदारमाथि धेरै असर पर्ने देखिएको छ ।
यस्को मुख्य् असर बिमाको दायरा अन्तर्गत् उपचार नगर्ने, कम्पनिहरुले उपचार शु
मानव अधिकारबादी संस्था तेनागानीता तथा एक्सन रिसर्च अन एड्स एण्ड मोबिलीटी जस्ता सस्थाहरुले गैर नागरिकहरुको उपचार शुल्क बढाएको प्रति असहमती जनाएका छन । सरकारको यस नितीले स्वास्थ्य पहुँचमा गिरावट आउने र समस्या झनै चर्किने अधिकारबादी संस्था तेनागानीताले स्पष्ट पारेको छ । बिशेषगरी संक्रमित एवं उच्च जोखिममा रहेका बिदेशी बिरामी कामदार उपचार सेवाबाट बन्चित हुने तेनागानीताको तर्क छ । कामदारको उपचार स्वास्थ्य बिमाबाटै हुनु पर्ने एक्सन रिसर्चको भनाई छ । यदी कामदारहरुले सुलभ उपचार सेवा पाउन नसके त्यस्को असर राष्ट्रिय उत्पादनमा पर्ने दुबै संस्थाको तर्क छ ।
गत बर्षको जुलाइअघि यहांको सरकारी क्लिनिकबाट् बिदेशी कामदारले १५ आरएममा सम्पुुर्ण उपचार पाउंदै आएका थिए । जुलाइपछि १५ आरएमलाई बढाएर दर्ता शुल्क २३ आरएम लिन थालिएको हो । रगत्, दिशा, पिशाब, एक्सरे परिक्षण, एबुलेन्स् लगाएत् सबैको अलग् अलग् शुल्क जुलाइ देखिनै लिन थालिएको हो ।
अहिले दर्ता शुल्क ४० आरएम देखि सुरु हुन्छ। सामांन्य रगत् परिक्षणको ४० आरएम, डेंगिको लागि रगत् परिक्षण गर्दा १ सय ६० आरएम, लगायत हरेकको अलग् अलग् शुल्क तिर्नुपर्ने हुन्छ । यसै गरि यहाका सबै अस्पतालहरुले पनि नया बर्षसँगै नयाँ शुल्क लागु गरेका छन् । परिश्रमीक नबढ्ने उपचार शुल्क मात्र बढ्ने गर्दा कामदार मर्कामा परेका छन् । मलेसियन नागरिकले भने स्वास्थ्य सेवा सरकारी क्लिनिक होस या अस्पताल जहांबाट पनि मात्र १ आरएममा पाउंदै आईरहेका छन् ।












प्रतिक्रिया