
विराटनगर, ८ माघ । मोरङको रंगेलीमा विहीबार भएको हिंसात्मक घटनाको छानविन गर्न एक समिति गठन गरिएको छ ।
शुक्रबार विहान जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वदलीय बैठकले बिहीबार रंगेलीमा प्रहरीको गोली लागी ३ जनाको ज्यान गएको घटनाबारे छानविन गर्न एकीकृत माओवादीका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।
उक्त बैठकलाई मधेसवादी दलले भने बहिष्कार गरेका छन् । मण्डल मोरङ क्षेत्र नम्बर ४ का निर्वाचित सांसद हुन् ।
प्रमुख जिल्ला अधिकारी तोयम रायका अनुसार समितिमा एमालेका अध्यक्ष महेश रेग्मी र कांग्रेसका सचिव यदु विष्ट सहित अन्य दल र संघ संस्थाका प्रतिनिधी सदस्य रहेका छन् ।
विहीबार अपराह्न मोरङको रंगेलीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ती जनाको मृत्यु भएको थियो ।












प्रतिक्रिया