काठमाडौं, ८ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र जारी आन्दोलनका विषयमा छलफल गर्न संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
काठमाडौंको शान्तिनगरमा आज दिउँसो बस्ने बैठकमा साढे पाँच महिनादेखि जारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक र भावी रणनीतिका विषयमा छलफल हुने बुझिएको छ ।
स्रोतका अनुसार मधेसी मोर्चासँगको सहकार्यमा भइरहेको आन्दोलनलाई के गर्ने भन्ने विषयमासमेत परामर्श हुनेछ ।
मधेसी मोर्चासँगको आन्दोलन साढे पाँच महिना भइसक्दा पनि सहमति हुने कुनै आधार नदेखेका अध्यक्ष उपेन्द्र यादवले सरकारको विकल्पका विषयमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।












प्रतिक्रिया