काठमाडौं, ८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्नो सांगठनिक गतिविधिलाई मुलुकभित्र मात्रै सीमिति राखेको छैन । आफ्ना सांगठनिक गतिविधिलाई विभिन्न देशहरूमा पनि संगठित गरिरहेको खुलेको छ ।
स्रोतका अनुसार ‘विप्लव’ माओवादीमा दोस्रो ठूलो हैसियत राख्ने नेता खड्गबहादर विश्वकर्मा सांगठनिक गतिविधि गर्न यूरोप गएका छन् ।
उनका साथमा धर्मेन्द्र बास्तोला पनि यूरोप गएका छन् । विश्वकर्मा ‘विल्प्लव’ माओवादीका प्रवक्ता पनि हुन् ।
यूरोपमा रहेका नेपालीहरूको निमन्त्रणमा पुगेका विशवकर्मा र बास्तोलाले आफ्नो पार्टीको सम्पर्क कमिटीहरू बनाउने छन् । विप्लव माओवादीले यसअिघ पनि यूरोपमा आफ्ना सम्पर्क कमिटी बनाइ सकेको छ ।
प्रवक्ता विश्वकर्मा र नेता बास्तोलाले नर्वे, स्वीजरल्यान्ड, जर्मनी, पोर्चुगललगायतका देशको भम्रण गर्ने बुझिएको छ ।
आफ्ना राजनीतिक गतिविधिहरूलाई अत्यन्तै गोप्य राख्ने गरेको ‘विप्लव’ माओवादी सशस्त्रद्वन्द्वकालमा निर्माण गरेको जनसरकारलाई व्युताउँन थालेको छ । अधिकांस जिल्लाहरूमा जनसरकार व्युताइ सकेको छ ।
राजधानीमा पनि ‘विप्लव’ माओवादीले जनसरकार घोषणा गरिसकेको छ । भक्तपुर जिल्लामा दुई दिनअघि मात्रै जनसरकार घोषणा गरिएको थियो ।












प्रतिक्रिया