१ कार्तिक २०८३, शनिबार

टुट्यो बलिउडको अर्काे जोडीको सम्बन्ध, १५ वर्ष पुरानो थियो सम्बन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

faran-ardhana

मुम्बई । बलिउड सेलिब्रेटीमा व्रेक अप र डिभोर्स चलिरहन्छ ।

यसैक्रममा अभिनेता फरहान अख्तरले १५ वर्ष पुरानो वैवाहिक जीवनमा पूर्णविराम लगाएका छन् । उनले पत्नि अधुना अख्तरसँग सम्बन्ध विच्छेद(डिभोर्स) गरेका छन् । दुबैले आपसी सहमतिमै यो कदम उठाएको बताइएको छ ।

बुधवार फरहान र अधुनाले एक साझा बयान जारी गरेर दुबैले आपसी सहमतिमा डिभोर्स गरेको उल्लेख गरेका छन् ।

उनीहरुले भनेका छन्- ‘हामी दुबैले आपसी सहमतिमा अलग हुने निधो गरेका छौं । हामीबीच कुनै झगडा छैन् । हाम्रा छोराछोरी हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी हो । हामी चाँहदैनौ हाम्रो घरको कुरा बाहिरसम्म जाओस्, यसबाट उनलाई कुनै परेशानी नहोस् । हामी यो अनुरोध गर्दछौ कि हाम्रो गोपनियताको सम्मान गरी हामीलाई यो विषयमा प्रश्न नगरिदिनुस् ताकि हामी आफ्नो जिन्दगीमा सजिलै अगाडी बढ्न सकौं ।’

समाचार अनुसार डिभोर्सको कारण फरहानको व्यस्तता नै भएको बुझिएको छ । यसअघि बलिउड अभिनेता ऋतिक रोशनले पत्नि सुजनसँग डिभोर्स गरेका थिए । भर्खरै मात्र रणवीर कपुर कट्रिना कैफबीच ब्रेकअप भएको समाचार सार्वजनिक भएको थियो ।