
मोरङ, ७ माघ । मोरङमा गोली चल्दा एक महिलाको मृत्यु भएको छ ।
मारेङको रंगेलीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडप हुँदा गोली चलेको थियो । उक्त गोली लागेर महिलाको मृत्यु भएको हो । मृतकलाई कोशी अञ्चल अस्पताल लगिएको छ । उनको सनाखत हुन सकेको छैन ।
मधेसी मोर्चाका कार्यकर्ताले रंगेलीमा एमालेको सभा विथाल्ने खोजेपछि स्थिति तनावग्रस्त भएको थियो । झडपका क्रममा प्रहरीले अश्रुग्यास तथा हवाइ फायर गरेको छ । प्रहरीले झण्डै ४० राउण्ड हवाइ फायर गरेको छ ।












प्रतिक्रिया