३० आश्विन २०८३, शुक्रबार

‘इन्टर-क्लब युथ क्रिकेट’को उपाधि हिमालयनलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himlya-cricketकाठमाडौँ, ६ माघ । ‘प्लान लिची ड्रिङ्क्स फस्ट इन्टर–क्लब युथ क्रिकेट च्याम्पियनसिप २०७२’को उपाधि हिमालयन क्रिकेट एकेडेमीले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा हिमालयनले त्रिभुवन आर्मी क्लबलाई ४० रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १४० रनको चुनौती पेस गरेको थियो । जवाफी ब्याटिङमा आएको आर्मीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो ।

उपाधि विजेता हिमालयनले ट्रफी, पदक र प्रमाणपत्रसहित रु एक लाख एक हजार १११ हात पार्दा उपविजेता आर्मीले रु ५० हजारमा चित्त बुझायो ।

‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित आर्मीका शरद भेषवाकरले रु १० हजार प्राप्त गरे । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान भएका हिमालयनका भूपेन्द्र थापा र उत्कृष्ट बलर घोषित भुवन कार्कीले समान रु सात हजार ५०० हात पारे ।

त्यसैगरी, ‘इमर्जिङ प्लेयर’ भएका अनुप श्रेष्ठ र उत्कृष्ट फिल्डर अमर ऐरीले ट्रफी र प्रमाणपत्र पाए ।

विजेता टोली तथा खेलाडीलाई सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पुरस्कार वितरण गर्नुभएको थियो । रासस