२३ कार्तिक २०८३, सोमबार

नेपाललाई अझैपनि हिन्दू राष्ट्र घोषणा गर्न सकिन्छ: देउवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher-bahadur-deubaदाङ, ६ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाललाई अझैपनि हिन्दू राष्ट्र घोषणा गर्न सकिने बताउनुभएको छ ।

१३ औं महाधिवेशनमा सभापतिको दाबेदार रहनुभएका नेता देउवाले बुधबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नचाहँदा नचाहँदै पनि आफूले धर्मनिरपेक्षता मान्नुपरेको खुलासा गर्नुभयो ।

उहाँले भन्नुभयो- संसदमा हाम्रो पार्टीको दुइ तिहाई बहुमत भएन । यही भएर धर्मनिरपेक्ष घोषणा गर्न बाध्य भएँ । अब नेपाल हिन्दू राष्ट्र हुन सक्छ ।’

उहाँले ८० प्रतिशत जनताको हिन्दुधर्म कायम राख्नुपर्ने चाहाना भएकाले कांग्रेसको बहुमत भएमा हिन्दू राष्ट्र घोषणा गर्न सकिने भनाई राख्नुभयो । संसदको चौथो दल राप्रपा नेपालले पनि हिन्दू राष्ट्र घोषणाको माग राख्दै आएको छ ।