१४ कार्तिक २०८३, शनिबार

हिमाली जिल्लामा हिमपात, हवाईसेवा बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Humla-Himpatहुम्ला, ६ माघ । लामो समयको खरेडी पछि हिमाली जिल्ला हुम्लामा बुधवार विहानबाट हिमपात शुरु भएको छ ।

हिमपात शुरु भएपछि जिल्लाका कृषकहरु खुसी भएका छन् । खडेरीका कारण हिउँदे वाली सुक्न लागेको बेला हिमपात भएकाले कृषकलाई राहत भएको छ ।

हिमपात शुरु भएपछि जिल्ला सदरमुकाम सिमिकोटको तापक्रम माईनस ७ पुगेको छ । हिमपातले चिसो बढेर खानेपानीका धाराहरुमा बरफ जमेकाले धारामा पानी आउन छोडेको छ । धारामा पानी नआउँदा सिमिकोटमा पानीको समस्या भएको छ । चिसो बढेका कारण बजारमा मानिसहरुको चहलपहल कम भएको छ । सिमिकोट विमानस्थलमा हिउँ जमेकाले हवाईसेवा बन्द भएको छ ।

हिमपातले जिल्लाका उत्तरी भेगका लीमि, मुचु, खगालगाउँ, हेप्का, स्याँडा गाविसका स्थानीय बढि प्रभावित भएका छन् । विगतका बर्षहरुको तुलनामा यस बर्ष हिमपात कम भए पनि बुधवारबाट शुरु भएको हिमपातले हिउँदे वाली फस्टाउन भने मद्दत पुग्ने स्थानीय कृषकहरुको भनाई छ ।