१४ कार्तिक २०८३, शनिबार

लुकीलुकी महंगोमा ग्यास बेच्ने राजधानी ग्यासका मालिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayani-gass-660x330

ललितपुर, ५ माघ । ग्यास कालोबजारीमा संलग्न एक ब्यक्तिलाई महानगरीय प्रहरी परिसर ललितपुरले आज पक्राउ गरेको छ ।

सानेपास्थित श्रीराम तथा राजधानी ग्यासका संचालक अमित महर्जनलाई अबैध ढंगले बढी मुल्य लिई बिक्री गर्दै गरेको अबस्थामा २३ वटा सिलिण्डर सहित प्रहरीले पक्राउ गरेको हे । महर्जन यसभन्दा पहिलेदेखि नै अबैध कारोवारमा संलग्न रहेको आशंकामा प्रहरीले निगरानी बढाईरहेको परिसर प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले बताउनुभयो ।

ठेचो निवासी महर्जनले सो स्थानमा करिब ९ महिना पहिला देखि नै उक्त ग्यास पसल संचालन गर्दै आएका थिए । ग्यास वितरणको लागी लिस्टीङ्ग भएता पनि आफूखुशी सटर बन्द गरी ब्यक्तिगत सानो गाडी मोटरसाईकल तथा स्कुटीको प्रयोग गरी कालोबजारी गरी रहेको सूचनाको आधारमा निजलाई नियन्त्रणमा लिई कालोबजारी शिर्षक अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको अनुसन्धान प्रमुख तथा प्रहरी प्रबक्ता डीएसपी दयानिधी ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ ।