१४ कार्तिक २०८३, शनिबार

ट्रकको ठक्करबाट नेपाली सेनाका मेजरको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

senaकावासोती, ५ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबासमा आज भएको सवारी दुर्घटनामा नेपाली सेनाका मेजर (सेनानी)को मृत्यु भएको छ ।

दुम्किबास–५ दाउन्नेमा ट्रकले ठक्कर दिँदा बा ३४ प ४१०६ नम्बरका मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–१५ बस्ने ४७ वर्षीय सेनानी सुशील श्रेष्ठको मृत्यु भएको हो ।

रुपन्देहीको सैनामैना तालिम केन्द्रमा कार्यरत रहनु भएका उहाँलाई बुटवल जाँदै गर्दा बुटवलबाट नारायणगढतर्फ गुडिरहेको ना ४ ख ८८७५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते उहाँको उपचारका क्रममा चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक दाउन्नेमा पल्टिएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस