१४ कार्तिक २०८३, शनिबार

भूकम्प पीडितको पालभित्र छिरेर बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sindhupalchok-districtचौतारा, ५ माघ । सिन्धुपाल्चोकको साँगाचोक–९ भीमटार माझी गाउँमा एक बालिकाको बलात्कार भएको आफन्तले जनाएका छन् ।

चौध वर्षीय किशोरीलाई बलात्कार गर्ने भनिएका सोही ठाउँका २४ वर्षीय सरोज माझीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनुभयो ।

भूकम्पपछि अस्थायी टहरामा बस्दै आएकी बालिकामाथि गत पुस २९ गते बलात्कार भएको भनी आफन्तले माझीविरुद्ध उजुरी गरेका थिए । रासस