२३ कार्तिक २०८३, सोमबार

चन्द्रमा पाप कर्तरी तथा गुरुचन्डाल योग सुरु, ज्योतिष भन्छन्- पृथ्वीमा ठूलै अनिष्ट हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

moon

काठमाडौं, ५ माघ । पृथ्वीमा आजदेखि चन्द्रमा पाप कर्तरी तथा गुरुचन्डाल योग सुरु भएको छ ।

ज्योतिषहरुका अनुसार आज दिउँसो ३ बजेदेखि विहीबार साँझ ७ बजेर १२ बजेसम्म गुरुचन्डालको योग रहेको छ ।

यो बेला पृथ्वीमा ठूलै अप्रिय घटना घट्न सक्ने ज्योतिष सुनील सिटौलाले बताए ।

उनी भन्छन्- चन्द्रमा पाम कर्तरी एवं गुरुचन्डाल योगले गर्दा भुलोक (पृथ्वी)मा अप्रिय घटना बढ्न सक्छ । समान्यतयाः यस्तो अवस्थामा सवारी दुर्घटना बढ्ने, कुनै प्राकृतिक आपतविपत आउन सक्ने सम्भावना एकदमै हुन्छ ।

ज्योतिष शास्त्रमा पाप कर्तरी तथा गुरुचन्डाल योग भनेको मानव तथा अन्य प्रजातिका लागि खराब समय मानिन्छ ।