२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाले अब शीर्ष तहमै वार्ता गर्ने, दुई प्रदेशको मागले दुरी बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morchaकाठमाडौं, ५ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र कांग्रेस, एमाले र एमाओवादीबीचको वार्ता ठोस सहमतितर्फ उन्मुख नभएपछि राजनीतिक अन्यौलता छाएको छ ।

सोमबार राति बालुवाटारमा सम्पन्न कार्यदल र शीर्ष नेताहरूको बैठकमा ठोस सहमति हुन नसकेपछि मधेसी मोर्चाका मागलाई लिएर राजनीतिक अन्यौलता बढेको हो । मधेसी मोर्चाले तराई मधेसमा दुई प्रदेशका साथै नेपाली सेनामा सामूहिक प्रवेशलगायतका माग अगाडि ल्याएपछि वार्ता विथोलिएको जनाइएको छ ।

तर मधेसी मोर्चाले आफूहरूको एघार बुँदे मागमध्ये संघीय राज्यको सीमाङ्कनमा कांग्रेस, एमाले र एमाओवादी लचिलो हुनै नसकेको आरोप लगाएको छ ।

सदभावना पार्टीका महासचिव मनीष सुमनले कार्यदलस्तरमा भएका वार्ता र छलफल सकारात्मक रुपमा अगाडि बढ्न नसकेकाले अब शीर्ष तहमै वार्ता हुने बताउनु हुन्छ ।

‘कार्यदलमा कुरा नमिलेपछि अब कार्यदलस्तरमा छलफल हुँदैन’, सुमनले भन्नुभयो, ‘मधेसी मोर्चाका मागका विषयमा अब शीष नेतृत्व तहमा हुन्छ ।’

मधेसी मोर्चाका मागका विषयमा आजसम्म सहमति गरेर टुङ्गो लगाउने तीन ठूला दलका शीर्ष नेताहरूले निर्णय गरेका थिए । तर अहिले आएर सो विषय अन्यौलमा परेको छ ।