१४ कार्तिक २०८३, शनिबार

कालोबजारी गर्न राखिएका ६७ थान ग्यास सिलिन्डरसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayani-gass-660x330इनरुवा, ४ माघ । सुनसरीको रामधुनी भासी नगरपालिकाबाट कालोबजारी गर्ने एक जनालाई सुनसरी प्रहरीले आज पक्राउ गरेको छ ।

रामधुनीभासी नगरपालिका–४ मा रहेको गङ्गा ट्रेडर्समा रु तीन हजार ७०० पर्ने ग्यास सिलिन्डरको कालोबजारी गरेर रु छ हजार लिई बिक्रीवितरण गरिरहेका ट्रेर्डसका मेनेजर टङ्क कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कोइरालासँगै गङ्गा ट्रेडर्समा कालोबजारी गर्नका लागि राखिएका ६७ थान विभिन्न कम्पनीको ग्यास सिलिन्डर समेत बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो । कालोबजारी गरिरहेको गोप्य सूचनाका आधारमा कोइराला सहित ६७ थान सिलिन्डर बरामद गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताउनुभयो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस