१४ कार्तिक २०८३, शनिबार

राष्ट्रिय कर्मचारी महासंघको ७ नम्बर प्रदेशस्तरीय भेला धनगढीमा (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhn-mao-2

धनगढी, ४ माघ । नेपाल राष्ट्रिय कर्मचारी महासंघको ७ नम्बर प्रदेश भेला कैलालीको धनगढीमा सम्पन्न भएको छ ।

सोमबार सम्पन्न भेलाले हरिदत्त भट्टको संयोजकत्वमा ७ नम्बर प्रदेश कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यहरुमा सन्तोष पाण्डे, टिकेन्द्र सिजापती, रामदत्त भट्ट, भक्तराज गिरी, रितु कुवर, सिद्धराज श्रेष्ठ, उत्तमराज जोशी, केशवराज भट्ट, महेशचन्द्र भट्ट, जमुना बुढाथोकी रहनुभएको छ ।

भेलाका प्रमुख अतिथि एकीकृत नेकपा माओवादीका ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै कर्मचारीहरुलाई संगठन विस्तार र जनताको काम छिटो छरितो गर्न निर्देशन दिनुभयो । ‘तपाईहरु राष्ट्रसेवक हुनुहुन्छ । जनताको सेवा गर्नु कर्तव्य हो । जनताले सजिलै सेवा पाउने वातावरण बनाउनुस्,’ उहाँले भन्नुभयो ।

भेलामा सांगठनिक प्रशिक्षण दिँदै नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मोहनमान स्वारले जनताको काम छिटो छरितो गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले भन्नुभयो– जनताको समस्या बुझेर सेवा गर्नेर्छाै ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समिति कार्यालय सदस्य अम्बादत्त भट्टले प्रशिक्षणको औचित्यबारे प्रकाश पार्नुभएको भेलामा सुदूरपश्चिमभरीका जिल्ला पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कर्मचारी महासंघका जिल्ला समन्वय समिति कैलालीका संयोजक गणेशबहादुर बमको अध्यक्षतामा सम्पन्न प्रदेशस्तरीय सांगठनिक तथा वैचारिक प्रशिक्षण भेलामा केन्द्रीय सचिव दमन रावल, संस्थापक डा. पदमराज कलौनी, कर्मचारी संगठन निजामतीका ७ नम्बर प्रदेश इचार्ज शंकरदत्त जोशी लगायत सहभागी हुनुहुन्थ्यो ।

भेलाले गठन गरेको ७ नम्बर प्रदेश कार्यदललाई सुदूरपश्चिमका सबै जिल्लामा माघ महिनाभित्र महासंघको जिल्ला समन्वय समिति गठन गर्ने जिम्मेवारी दिइएको छ ।

dhn-mao dhn-mao-1 dhn-mao-2 dhn-mao-3 dhn-mao-4