
काठमाडौं, ४ माघ । सरकारले बढुवा गरेको नेपाली सेनाका उच्च अधिकारीलाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी जगदीश चन्द्र पोखरेल र सहायक रथी शमशेर ठकुराठीलाई सोमबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति क्षेत्रीले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
सहायक रथी पोखरेललाई पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गरेको थियो भने सहायक रथी ठकुराठीलाई पुस २९ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गरेको थियो ।












प्रतिक्रिया