१४ कार्तिक २०८३, शनिबार

अब कांग्रेसलाई युवाले कब्जा गर्छन्ः गगन थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapaप्युठान, ४ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेस वर्तमान सरकार ढाल्ने खेलमा नभएको बताउनुभएको छ ।

पार्टीको १३ औँ महाधिवेशनलाई केन्द्रित गर्दै जिल्ला दौडाहामा रहनुभएका थापाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उहाँले काँग्रेस आफ्नो महाधिवेशन, मधेस आन्दोलनको समाधान र आफ्नो नेतृत्वमा जारी गरेको संविधान कार्यान्वयमा ध्यान केन्द्रित गरेकाले सरकार ढाल्ने वा बनाउने खेलमा नलाग्ने बताउनुभयो ।

पार्टीको निर्णायक तहमा युवा पदाधिकारीको भूमिका आवश्यक छ भन्दै नेता थापाले काँग्रेसको महामन्त्रीमा युवाहरुले उम्मेदवारी दिने बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीभित्र यस पटक युवाहरुले सशक्त भूमिका खोजेकाले युवा एक भएर लाग्ने बताउनुभयो । सांसद उषा गुरुङले महिला सहभागिताको क्षेत्रमा पार्टीले मुद्दा उठाउने गरे पनि त्यसको कार्यान्वयन खासै नभएको भन्दै यस पटक गाउँ, जिल्लामा ४० प्रतिशत र केन्द्रमा महिलाले ३५ प्रतिशतको उपस्थिति अनिवार्य हुने गरी दबाब दिने बताउनुभयो । रासस