३० आश्विन २०८३, शुक्रबार

‘मादिभ्सलाई जसरी पनि जितेरै छाड्छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-nepali

काठमाडौँ, ४ माघ । बङ्गबन्धु गोल्डकप अन्तर्गत लिग चरणका तीन वटै खेलमा अपराजित नेपालले सेमिफाइनलमा मङ्गलबार माल्दिभ्सको सामना गर्दैछ ।

नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो भने सो समूहको विजेता आयोजक बङ्गलादेश हो । नेपालले सेमिफाइनल पक्का गर्न श्रीलङ्कालाई १-० गोल अन्तरले पराजित गरेको थियो, जसमा विमल घर्ती मगरको गोलको योगदान रह्यो ।

त्यस्तै नेपालले बङ्गलादेश र मलेसियाको क्लबसँग गोलरहित बराबरी खेलेको थियो । नेपालको सुखद् कुरा यो पनि छ उसले लिग चरणमा कुनै गोल खाएन ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सेमिफाइनल भिडन्तका लागि आफ्नो टोली विगतका गल्ती सुधार्दै अघि बढिरहेको बताउनुभएको छ । “लिग चरणमा हाम्रा खेलाडीले धेरै अवसर गुमाएकाका दुई खेलमा गोलरहित बराबरीको नतिजा आत्मसात् गर्नुप¥यो, वास्तवमा हामीले त्यो नतिजा चाहेका थिएनौँ ।

अब आउने नकआउट चरणका खेलमा त्यो सुधार गर्नैैपर्छ, अभ्यासका क्रममा मैले मेरा खेलाडीलाई अवसरलाई सदुपयोग गर्नेुबारे सचेत गराएको छु ।”, ‘द एन्फा डट कम’ले उहाँलाई उद्धृत गर्दै आफ्नो वेबसाइटमा आज उल्लेख गरेको छ । रासस