१४ कार्तिक २०८३, शनिबार

मधेस र पहाडलाई भिडाउने काम भइरहेको छ: उपप्रधानमन्त्री रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim-rawal-890x395_cभक्तपुर, ४ माघ । उपप्रधानमन्त्री भीमबहादुर रावलले तराई र पहाडलाई भिडाउने तत्व सक्रिय रहेकाले तिनबाट सबै सचेत रहनुपर्ने बेला आएको बताउनुभएको छ ।

नगरकोट नगरपालिका सुडाल थाकलमठस्थित सरस्वती उमाविको ५५ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले केही निश्चित समुदायको हठका कारण देशले अहिलको सङ्कट व्यहोर्नुपरेको बताउँदै सङ्कट समाधानका लागि वार्ता जारी रहेको जानकारी दिनुभयो ।

रक्षामन्त्री रावलले भन्नुभयो, “मधेस समस्याका समाधानका लागि वार्ता र छलफल जारी छ, आज र भोलि हुने वार्ताबाट देशले निकास पाउँछ ।” सरकारको प्राथमिकता संविधान कार्यान्वयन र पुनःनिर्माण रहेको बताउँदै उहाँले भूकम्पपीडितलाई तत्काल राहत र घर निर्माणका लागि दिइने रकम उपलब्ध गराउन सरकार लागिपरेको जानकारी दिनुभयो । रासस