
धुन्चे (रसुवा), ४ माघ । उत्तरी रसुवाको चिलिमे र टेटाङ्चे गाउँबीचको मुङगाङमा तातोपानी निस्कने नयाँ ठाउँ फेला परेको छ ।
चिलिमे गाविसको वडा नं ३ मुङगाङमा तातोपानी निस्केपछि त्यसको संरक्षण गर्न र स्नान स्थलको रुपमा विकास गर्न गृहकार्य अगाडि बढाइएको साम्पालिङ युवा क्लबका अध्यक्ष सोनाम दोर्जे लामाले बताउनुभयो ।
थाम्बुचेतबाट करिब साढे दुई किलोमिटरको दूरीमा साङजेन जलविद्युत् आयोजनाले निर्माण गरेको सिम्बु तिलोचे जाने सडकमुनि तातोपानी दुई हप्ता अगाडि निस्केको र पानीको बहाव ८ इन्च (२०३.२) मिलिलिटर भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको तातोपानीलाई ५०० मिटर तल छाङ्ग्रा खर्चमा पाइपबाट ल्याई सदुपयोग गर्ने योजना क्लबको छ ।
मुङगाङमा सानो आकारको तातोपानी आइरहने यस ठाउँबाट भूकम्प गएको आठ महिना पछाडि एक्कासि तातोपानीको मूल निस्किएको हो । रासस












प्रतिक्रिया