२३ कार्तिक २०८३, सोमबार

नेपालमा सहमति हुनेवित्तिकै भारत खुसी हुन्छः भारतीय नेता भदौरिया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sudhindra vadauriya1

काठमाडौ, ४ माघ । भारतीय समाजवादी पार्टीका प्रवक्ता सुधिन्द्र भदौरियाले नेपालका दलहरुवीच भईरहेको छलफल सहमतिमा पुगे त्यसलाई भारतले स्वागत र समर्थन गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने- ‘नेपालको समस्या समाधान एउटै मात्रै बाटो सम्झौता हो । यो छिटो होस, अब कत्तिन जेलसम्म संघर्षमात्रै गरिरहने । यहाँका दलहरुबीच सहमति भए हामी स्वागत गर्छौ । हामी खुसी हुन्छौ ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा भदौरियाले नेपालमा संविधान बन्दा नै सबैले समेट्न सकेको भए राम्रो हुन्थ्यो भन्दै ढिलै भए पनि सबैलाई समेट्ने प्रयास हुनु सकारात्मक रहेको टिप्पणी गरे । भदौयिराले फागु पूर्णिमाभन्दा अघि नै सहमति गरेर सबै नेपालीले खुसीयालीपूर्वक पर्व मनाउन भन्ने कामना समेत साक्षात्कारमा ब्यक्त गरे ।

नेपाल भारत एक अर्का प्रति आश्रित रहेको उल्लेख गर्दै नेपाल भारतमा देखिएको समस्या सुल्झाउन आफूहरु लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले भने- ‘हामी सगरमाथाबाट निस्कने नदिको पानी पिउछौ, सिचाई गर्छौ, जीवन चलाउँछौ त्यसैले यो समस्या सुल्झाउनुपर्छ । नेपालको समस्या नेपालीले सुल्झाउनुपर्छ । नाकामा देखिएको समस्या सुल्झाएर जीवन सहज बनाउनुपर्छ ।’