१४ कार्तिक २०८३, शनिबार

यात्रुबस दुर्घटना, एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tanahu_districtतनहुँ, ४ माघ । तनहुँको दक्षिणी भेग राम्जाकोटबाट भीमाद बजारतर्फ आउँदै गरेको ग१ख ४९७० नंको यात्रुवाहक बस माझकोट¬–९ मिछुलुङ भन्ने स्थानमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । सो बसमा करिब ५० जना यात्रु सवार रहेको बताइएको छ । गम्भीर घाइते सातजनालाई उपचारका लागि पोखरा पठाइएको भीमाद प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो । रासस