
काठमाडौं, ४ माघ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएका खेलमा चर्चित क्लबहरु रियल मड्रिड र बार्सिलोना विजयी भएका छन् । तर, अंक तालिकाको शीर्ष स्थानमा भने एथ्लेटिको मड्रिडको दबादबा कायमै छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले गिजोनमाथि ५–१ को सहज जित हात पारेको हो । उसका लागि ग्यारेथ बेल (१), क्रिस्टियानो रोनाल्डो (२), करिम बेन्जिमा (२) गोल गरेका थिए ।
खेलको अन्तिममा गिजोनकातर्फबाट लोपेज ब्लान्कोले एक गोल फर्काए । खेलमा थप गोल हुन सकेन र रियल मड्रिडले ५–१ गोलले विजयी भयो ।
जितसँगै रियल मड्रिडको २० खेलबाट ४३ अंक भएको छ र, लिग लिडर एथ्लेटिको मड्रिड भन्दा ४ अंकले पछाडि छ ।
एथ्लेटिको बिल्बाओमाथि बार्सिलोनाको सहज जित
यस्तै आइतबार राति नै भएको अर्काे खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ । खेलमा बार्सिलोनाका लुइस स्वरेजको हृयाट्रिक हाने ।
बार्सिलोनाले घरेलु मैदानमा बिल्बाओलाई ६–० ले पराजित गरेको हो । उसका लागि लिओनल मेस्सी (१), नेयमार (१), स्वरेज (३), राकिटिक (१) गोल गरे । जितसँगै बार्सिलोनाले लिग लिडर एथ्लेटिको मड्रिडमाथि दबाब बढाएको छ ।
एथ्लेटिको मड्रिड २० खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ४५ अंक छ र उसले एक खेल कम खेलेको छ ।
















प्रतिक्रिया