लमजुङ, ४ माघ । भूमिगत शैलीमा आफ्ना गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले राज्यको आँखा छलेर जनसरकार र जनप्रतिनिधि सभा गठन गरेको छ । ‘विप्लव’ माओवादीले आइतबार लमजुङ जिल्लामा यस्ता समिति गठन गरेको हो ।
पूर्वी लमजुङको ढोडेनी–५, कीर्तिपुर बेँसीमा आयोजित कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य एबं गण्डकी उप–ब्युरो ईन्चार्ज सावित्री दुराले जनसरकार र जनप्रतिनिधि सभाको घोषणा गेकी हुन् ।
घोषणा सभामा तमुवान स्वायत्त प्रदेशका प्रमुख किसानसिंह गुरुङ, क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य प्रेश शाही र जनप्रतिनिधि सभाका केन्द्रीय सदस्य टेकबहादुर तारालगायतको उपस्थिति रहेको थियो ।
सरकारको बिकल्पमा जनसरकार र जनप्रतिनिधिको सभाको गठन भएको नेकपा माओवादी लमजुङका सेक्रेटरी अबिरल न्यौपानेले जानकारी दिए ।
भेलाले बिलबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय जिल्ला जनपरिषद गठन गरेको छ । नारायण कुँवरको अध्यक्षमा १९ सदस्यीय जिल्ला जनप्रतिनिधि सभा गठन गरेको सेक्रटेरी न्यौपानेले जानकारी दिए ।
जनप्रतिनिधिसभाले संसद्को काम गर्ने भन्दै न्यौपानेले जनपरिषदले जनसरकारको रुपमा काम गर्ने बताए ।












प्रतिक्रिया