
दाङ, ३ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले कांग्रेसको १३ औं महाधिबेशनमा युवा पुस्ताले महामन्त्रीमा उम्मेद्वारी दिने बताउनुभएको छ ।
आज दाङको घोराहीमा रिपोर्टस् क्लव नेपाल दाङ शाखा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले पार्टीका निर्णायक तहमा पदाधिकारीको भूमिका हुने भएकाले युवा पुस्ताले महामन्त्रीमा दावी गर्ने बताउनुभयो । आफ्नो पुस्ताका अरु नेताहरु तयार नभए आफू महामन्त्रीमा उम्मेद्वारी दिन आफू तयार रहेको उहाँले घोषणा गर्नुभयो ।
युवा नेता थापाले अघिल्लो पुस्ताका सबै नेताहरुले सभापति नै ताकिरहेकाले युवा महामन्त्री युवा पुस्ताकै हातमा आउने सम्भावना बढेको उहाँले बताउनुभयो । हाल सभापति, उपसभापति रहेका नेताहरु पार्टीको अभिभावकको रुपमा रहनुपर्ने र अहिले महामन्त्री रहेका नेताहरु सभापति जानुपर्ने उहाँको धारणा छ । ‘अहिलेसम्म बुढाहरुले चलाए । अब युवाहरुले नेतृत्व सम्हाल्नुपर्छ,’ उहाँले भन्नुभयो ।












प्रतिक्रिया